मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी

Kanchan24 324+ समाचार ( )
३ जेठ २०८१, बिहीबार

राजविराज ।  राजविराज( निर्माणाधीन रूपनी –छिन्नमस्ता सडकको काम तिव्र गतिमा सम्पन्न गराउन छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी सक्रिय देखिएका छन्। 

यस सडको कामलाई चाँडै सम्पन्न गराउन बुधबार उनले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, दमक ९ झापादेखि कमलासम्म० को प्रमुख सुई विनोद मौवारसँग छलफल गरेका छन् ।

छलफलमा आयोजना प्रमुख मौवारले आषाढ भित्र काम सम्पन्न हुने बाचा गरेको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

’टेन्डर भएको २ बर्ष भइसकेको छ, काम सुस्त गतिमा भइरहेको छ,’ उनले भने, ’हिजै आयोजना प्रमुखसँग कार्यपालिका सदस्य, सडक डिभिजन कार्यालय लहानका कर्मचारी र ठेकेदारलाई राखेर छलफल गरेका छौँ।’ 

त्यस सडकको काम  पुरा भएसँगै छिन्नमस्तामा आन्तरिक तथा वाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने अध्यक्ष चौधरीले विश्वास व्यक्त गरे ।

’यो सडकले ऐतिहासिक धार्मिकस्थल  छिन्नमस्ता शक्तिपीठ अवातजावतमा पर्यटकलाई  सहज हुनेछ जसले यहाँ आन्तिरक तथा बाह्य पर्यटकको राम्रो सङ्ख्यामा वृद्धि हुन्छ,’  उनले भने, ’यसले यहाँको स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्नेछ ।’

अध्यक्ष चौधरीले उक्त सडक निर्माण गर्न प्राथमिकताका साथ लागेको बताए ।

यसअघि उक्त सडक निर्माणको लागि पालिका अध्यक्ष चौधरीले भौतिक पूर्वाधारमन्त्री, मुख्य सचिव, सडक विभाग प्रमुख देखि प्रधानमन्त्रीसमेतलाई ज्ञापनपत्र बुझाएका थिए । 

समयमा सडक निर्माण काम पुरा नभए र काम सुस्त गतिमै भइरहे पालिकाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने अधिकारको प्रयोग गरि अगाडि बढ्ने कुरा समेत आयोजना प्रमुखलाई छलफलमा सुनाइएको पालिका अध्यक्ष चौधरीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार