मुख्य समाचार
कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? |

कञ्चनरूपकी जयमाला मृत्यु प्रकरण
पक्राउ परेका साहलाई हिरासतमा राख्न पाँच दिन म्याद थप

योगेन्द्र कुमार रौनियार ( उमेश )  16+ समाचार ( )
२४ श्रावण २०८१, बिहीबार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप दुर्घटनामा मृत्यु भएकी जयमाला गुप्ता प्रकरण पक्राउ परेका पप्पु भनिने संजिव साहलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।   
गत ज्येष्ठ ९ गते सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ८ की ५७ वर्षीया जयमाला गुप्ताको सवारीका ठक्करले गम्भीर घाइते भएकी उनको विराटनगरमा उपचारका क्रममा ज्यान गएको थियो । लामो समय सम्म पनि ठक्कर दिने मोटरसाइकलको पहिचान भने हुन सकेको थिएन ।
प्रहरीको लामो अनुसन्धान पछि कञ्चनरूप नगरपालिका वडा नम्बर ८ का पप्पु भनिने संजिव साहलाई यस प्रकरणमा सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका साहलाई सोमबार सप्तरी जिल्ला अदालतबाट तीन दिन म्याद थप गरिएकोमा बिहीबार थप पाँच दिनको म्याद थप गरिएको छ । म्याद थपसँगै अन्य अनुसन्धानलाई जारी राखिएको प्रहरीको भनाई छ ।
जेष्ठ ९ गत राति साढे ८ बजे मन्दिरबाट पूजा गरेर आउने क्रममा दक्षिणबाट उत्तरतर्फ गइरहेको मोटरसाइकलले कञ्चनपुर–फतेपुर सडक खण्डमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । ठक्करबाट ‘सिभियर ब्रेन इन्जुरी’ भई अस्पताल भर्ना गरिएकी जयमालाको उपचारका क्रममा गत १५ जेठमा विराटनगरमा मृत्यु भएको थियो ।
ठक्कर दिने व्यक्तिको खोजी गर्न मृतकका छोरा डा. तुला कृष्ण गुप्ता सहितका परिवारजन निरन्तर प्रहरी समक्ष अनुरोध गर्दै आएका थिए । प्रहरीले ढिलासुस्ती गरेपछि पछिल्लो अढाई महिनादेखि जागिरमा नगएर अनुसन्धानमा आफै सक्रिय भई धेरै प्रमाण जुटाएर प्रहरीलाई बुझाउँदा समेत प्रहरीले दोषीलाई नियन्त्रणमा लिएर कारबाही गर्ने चासो नदिए पछि किटानी जाहेरी दिएको जयमाला गुप्ताका छोरा डाक्टर तुला कृष्ण गुप्ताले बताएका छन ।  उनले भने यो घटना दवाव र प्रभाव पारी प्रभावकारी रूपले अनुसन्धान अगाडि बढ्न दिएकोले  आफ्नै बल बुताले अदालत सम्म पुर्याएको बताए । 
यता जय मालाका कान्छो छोराका अनुसार पक्राउ व्यक्तिलाई हिरासतमा राख्न अदालतले अनुमति दिए पनि ससुरालीमा राखेको जस्तो गरेको प्रहरीले लगाएका छन ।  
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार