नेपालीहरूको महान् चाड बडादसैँ, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको पावन अवसरमा Little Flower Secondary School परिवारको तर्फबाट सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यी पावन पर्वहरूले आपसी प्रेम, सद्भाव, भाइचारा, सामाजिक एकता र सहिष्णुतालाई थप सुदृढ बनाउँदै समाजमा सकारात्मक सोच र असल संस्कारको विकास गर्न प्रेरणा प्रदान गरून्। ज्ञान, संस्कार र उज्ज्वल भविष्यको मार्गमा अघि बढ्ने हाम्रो साझा यात्राले नयाँ ऊर्जा प्राप्त गरोस्। सबैको जीवनमा सुख, समृद्धि, खुसी र सफलताको नयाँ उज्यालो छाओस्।
शुभकामना ! शुभकामना !! शुभकामना !!!
शान्त अधिकारी
प्रिन्सिपल
Little Flower Secondary School परिवार