मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

कञ्चनरूपको पडेमारामा आगलागी हुँदा २५ लाख भन्दा बढीको क्षति

Kanchan24 237+ समाचार ( )
९ वैशाख २०८१, आइतबार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नं.५ स्थित पडेमारामा आइतबार दिउँसो आगलागी हुँदा २५ लाख भन्दा बढीको क्षति भएको छ ।

पडेमारामा आइतबार दिउँसो करिब ३ बजे सरदार टोल भएको भीषण आगलागीमा  परेर ११ परिवारको २३ वटा घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान छ । यद्यपि, पूर्ण विवरण भने आउन बाँकी प्रहरीले जनाएको छ  । 
सरदार टोलका लालमोहन सरदारको गोठमा रहेको चुलोमा बालेको आगोबाट दिउँसो करिव ३ बजे आगलागी सुरु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आगलागीबाट लालमोहन सरदारको टिनको छाना भएको चार वटा घर, बिजुली सदारको तीन वटा, आशा सरदार, लालबहादुर सरदार, सुधीर सरदार, बिर बहादुर सरदार, श्यामबहादुर सरदार, रामबहादुर सरदार र बुटु सरदारको दुई–दुईवटा तथा त्रिभुवन सरदार, करण चौधरी र समुन्द्री सरदारको एक–एकवटा गरी २४ वटा घर जलेर नष्ट भएको छ ।

आगलागीमा एउटा बाख्रा र एउटा पाठोको समेत जलेर मरेका छन् । आगलागीमा घरसँगै खाद्यान्न, लत्ताकपडा सहित सरसामानहरू जलेर नष्ट हुँदा २४ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

कन्चनपुर,  राजविराज , हनुमाननगर नगरपालिका र नेपाल प्रहरीको ४ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा दिउँसो करिब साढे ४ बजे आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । दिउँसोको अत्याधिक हावाका कारण आगो नियन्त्रणमा ढिलाई भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार