मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

लेटाङ कानेपोखरी सडकमा सवारी दुर्घटना, २ जनाको मृत्यु

Kanchan24 1+ समाचार ( )
२२ आषाढ २०८०, शुक्रबार

मोरङ । लेटाङ कानेपोखरी सडकखण्डमा भएको सवारी दुर्घटनमा परि २ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ लेटाङ कानेपोखरी सडकखण्डको फायरलाइन क्षेत्रमा प्रदेश १ ०२ ००२ च ४१७३ नम्बरको बोलेरोले प्रदेश १ ०२ ००३ ह १३१२ टेम्पोलाई ठक्कर दिंदा टेम्पो चालक कानेपोखरी ६ बस्ने सागर तामाङसहित २ जनाको मृत्यु भएको हो । 

चालक तामाङको उपचारका लागि अस्पताल लैजाँदै गर्दा र टेम्पोमा सवार कानेपोखरी ६ कै अन्दाजी ८ वर्षीया बालिका रोशनी मगरको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो । टेम्पोमा सवार कानेपोखरी ६ कै अन्दाजी ३५ वर्षीया टीका आले मगर गम्भीर घाईते भएकोमा गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । कानेपोखरीबाट लेटाङ फर्कंदै गरेको बोलेरोले लेटाङबाट कानेपोखरी झर्दै गरेको अटोलाई ठक्कर दिएर दुर्घटना भएको बताइएको छ । बोलेरो र चालक लेटाङ ६ बस्ने सन्तोष घिसिङलाई ईलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको छ । दुर्घटना भएको ठाउँ नजिकै सडकमा रुख लडेको र एकतर्फिमात्र बाटो क्लियर गरेकाले दुर्घटना भएको हुनसक्ने बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार