मुख्य समाचार
संस्कृति संरक्षणमा राजनीति होइन, साझा प्रतिबद्धता चाहिन्छ : सांसद कर्ण | आदिवासी जनजातिको पहिचान र संस्कृति संरक्षणमा प्रतिबद्ध छु : सांसद चौधरी | गोबरगाढाको विकासका लागि सांसद कर्णको चासो | चाडपर्वअघि रौतहट-सर्लाहीको सुरक्षा तयारीमा मन्त्रीको चासो | मधेसमा गरिबी : हरेक ४ जनामा १ जना गरिब | कोशीमा नयाँ पुल : ५५ अर्ब लगानी, दूरी १२ किलोमिटर मात्रै घट्ने ? वैकल्पिक मार्गको हिसाब किन नगर्ने ? | सप्तरीमा सबैभन्दा बढी गरिब कञ्चनरूपमा, १५ हजारभन्दा बढी नागरिक गरिबीको रेखामुनि | वर्षा र हावाहुरीले डाक्नेश्वरीका किसानको धानबालीमा लाखौँको क्षति | गंगाजलीमा दुईदिने आदिवासी जनजाति साहित्य महोत्सव हुँदै | सप्तरी–१ मा कांग्रेसका दुई क्षेत्रीय सभापति, आधिकारिकतामै अन्योल |

कञ्चनरूपमा ज्यान मार्ने उद्योगका दुई प्रतिवादी पक्राउ

Kanchan24 384+ समाचार ( )
५ कार्तिक २०८३, बिहीबार

कञ्चनरूप ।सप्तरीको कञ्चनरूप नगरपालिका–८ मा झैझगडा तथा कुटपिट गरी तीन जनालाई घाइते बनाएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कात्तिक ४ गते राति करिब ९:१० बजे कञ्चनरूप नगरपालिका–८ स्थित विद्युत् कार्यालय नजिक झैझगडा तथा कुटपिट भएको थियो। घटनामा सोही वडाका १८ वर्षीय राहुल सरवरिया, १९ वर्षीय श्रवण सदा र २८ वर्षीय राजु सदाको टाउकोमा चोट लागेको थियो। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनाबारे राति ९:१५ बजे इलाका प्रहरी कार्यालय कञ्चनपुरमा सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा कञ्चनरूप नगरपालिका–८ का १९ वर्षीय महेश पासवान र सोही उमेरका श्रीचन्द्र मण्डललाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनासम्बन्धी ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरी दुवै जनालाई जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गरेको जनाएको छ। उनीहरूलाई सप्तरी जिल्ला अदालतमा पेस गर्दा म्याद थपको अनुमति प्राप्त भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले कात्तिक ५ गते जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार