मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

समाजवादी प्रेसको ४ औं स्थापना दिवसमा महिला हिंसा विरुद्ध जागरुकता कार्यक्रम

Kanchan24 325+ समाचार ( )
१० भाद्र २०८२, मङ्गलबार

कञ्चनरूप हरितालिका तीजको अवसरमा सप्तरीको ऐतिहासिक धार्मिक स्थल शम्भुनाथ मन्दिर परिसरमा महिला हिंसा, विशेष गरी फेसबुक, टिकटक, म्यासेन्जर जस्ता सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमबाट हुने हिंसा विरुद्ध जागरुकता कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम समाजवादी प्रेस सङ्गठन शाखा सप्तरी नेपाल द्वारा आयोजित गरिएको थियो। संस्था आफ्ना ४ औं स्थापना दिवसका अवसरमा “जिम्मेवार पत्रकार, समाजवादको आधार” भन्ने नारासहित कार्यक्रम सम्पन्न गरेको जनाएको छ।
कार्यक्रममा सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको प्रयोग बढेसँगै महिलामाथि हुने मानसिक, यौनिक र सामाजिक उत्पीडनको जोखिमबारे जानकारी दिइएको थियो।
कार्यक्रमका सहभागीहरूले यसबारे आफ्नो अनुभव र सुझाव व्यक्त गरेका थिए। स्थानीय महिला दिदीबहिनी र आमाहरूले भने, “हामीलाई अनलाइन प्लेटफर्ममा सुरक्षित महसुस हुन आवश्यक छ। धम्की वा अपमानजनक सन्देशले हाम्रो दिनचर्या मात्र होइन, जीवन नै असर पार्छ।”
साइबर सुरक्षा , “महिला हिंसा केवल शारीरिक रूपमा सीमित छैन। डिजिटल प्लेटफर्ममा गरिने यस्ता हिंसाले मानसिक स्वास्थ्य, आत्मसम्मान र सामाजिक प्रतिष्ठामा दीर्घकालीन असर पार्छ।” कार्यक्रममा सहभागी महिलाहरूलाई राष्ट्रिय महिला आयोगको टोलफ्री नम्बर ११४५ र प्रहरी कार्यालयको १०० नम्बर मा उजुरी दिन सकिने जानकारी समेत दिइएको थियो।
समाजवादी प्रेस सङ्गठनका केन्द्रिय सदस्य नर्मदेव यादव ले भने, “महिला अधिकार र सुरक्षामा समाजको सबै तहको भूमिका महत्वपूर्ण छ। हामी पत्रकारको जिम्मेवारीसाथ यस विषयमा जनचेतना फैलाउन प्रतिबद्ध छौँ।”
मधेस प्रदेश सचिव प्रमोद चालिसे ले पनि सबै नागरिकलाई डिजिटल माध्यममा हुने महिला उत्पीडन विरुद्ध सचेत रहन आग्रह गर्दै भने, “समाजमा समानता र न्याय कायम राख्न कानुनी उपायहरू सधैँ लागू हुनु पर्छ।”
अखिल नेपाल महिला सङ्घ (समाजवादी) सप्तरीकी सचिव मेनका चौधरीले भनिन्, “महिला हिंसा रोक्न केवल कानुनी व्यवस्था पर्याप्त छैन। प्रत्येक महिला र युवतीले आफ्नो अधिकारको बारेमा सचेत रहनुपर्छ। हामीले अनलाइन र अफलाइन दुबै माध्यममा सुरक्षित वातावरण सिर्जना गर्न प्रयासरत रहनुपर्छ। यसैका लागि यस्तो जनचेतना कार्यक्रम महत्वपूर्ण छ।”
कार्यक्रम समाजवादी प्रेस सङ्गठन शाखा सप्तरीका अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको थियो।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार