Logo

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

                     
Logo २३ बैशाख २०७८, बिहीबार १५:०७    

काठमाडौं ।

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातिमा अचानक समस्या भएपछि न्यूरो अस्पताल लगिएको उहाँको ८२ वर्षको उमेरमा निधन भएको हो ।

विहिबार दिउँसो १ः४५ बजेतिर उहाँको निधन भएको हो । नेपाली सांगितिक क्षेत्रमा गायक तथा संगितकारका रुपमा उहाँको विशिष्ट पहिचान छ ।

भारतका लोकप्रीय कलाकार उषा मंगेशकरसँग उहाँले माइतीघर चलचित्रका लागि युगल गीत समेत गाउनु भएको थियो ।

रेडियो नेपालमा उहाँको ७ सयभन्दा बढी गीत रेकर्ड छन् । प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै हिट गीत अहिले पनि धेरै सुनिने गरिन्छ ।स्वर्गिय प्रधानका पत्नी किरण देवी र दुई छोराहरु प्रसन्न र कविर प्रधान हुनुहुन्छ ।हिटाबाट


लोकप्रिय छुटाउनुभयो कि ?