Logo

बिहानैदेखि देशका धेरै स्थानमा ठूलो पानी पर्ने सम्भावना

Kanchan 24 १ श्रावण २०७८, शुक्रबार ०८:२३ मा प्रकाशित

काठमाडौं, १ साउन ।
मनसुनी वायुको प्रभावका कारण आज (शुक्रबार) विहानैदेखि देशका धेरै स्थानमा बर्षा भइरहेको मौसमविदले बताएका छन् । नेपालमा भोलि (शनिबार) देखि मनसुन थप सक्रिय भएर जाने मौसमविदले जानकारी दिएका छन् ।
आज विहान देशभर सामान्य बदली रही प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आजराति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–२, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ


ताजा समाचार
ट्रेंडिंग समाचार