Logo

 तीन महिने सिलाई कटाई तालिमको उद्घाटन

                     
Logo ७ माघ २०७९, शनिबार १०:०४    

कञ्चनरूप। कञ्चनरूप नगरपालिकामा  वडा नं। १२ वडामा शुभकामना महिला सहकारी संस्थाले तीन महिने निःशुल्क सिलाई कटाई तालिम शुक्रबारबाट शुरु भएको छ ।

तीन महिने सिलाई कटाईको तालिमको उद्घाटन कञ्चनरूप नगर प्रमुख ललन प्रसाद गुप्ता र यप प्रमुख मुना पोखरेलले संयुक्त रुपमा उद्घाटन गरको हुन ।

शुकबार १२ नं। वडा को शुभकामना महिला सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई लक्षित गरी सिलाइकटाइ तालीमा दिन लागेको हो । शेयर सदस्यलाई आत्म निर्भर बनाउने उद्देश्यले  आफ्नै लगानीमा तीन महिने निःशुल्क सिलाइ कटाई तालिम शुरु गरिसकेको हो ।

उद्घाटन समारोहमा नगर प्रमुख गुप्ताले तालिममा सिकेको सीपलाई व्यवहार उतारे र  भविष्यमा आत्मनिर्भर बन्ने छु भन्ने आत्मबल उच्च बनाएर सीप सिक्न अनुरोध गरे ।’ उप प्रमुख पोखरेलले सीप सिकेर आत्मनिर्भर बनेर घर व्यवहार सजिलै सञ्चालन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

कार्यपालिका सदस्य सिता पौडेल , वडा सदस्य जैनुद्दीन अलि , दीपक लगायतले मन्तव्य व्यक्त गरेका थिए भने  कार्यक्रम सञ्चालन उर्मिला चापागाईँ गरेकी  थिइन कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

 


लोकप्रिय छुटाउनुभयो कि ?