
सप्तरीको कञ्चनरुप नगगरपालिका कोरोनाको अवस्था जिल्लाका अन्य स्थानिय तहको भन्दा विकारल रुपमा छ । हिजो सम्म ५ जनाले ज्यान गुमाई सकेका छन भने कोरोना संक्रमितको संख्या १ सय २५ जना छन ।

कञ्चनरूपले जिल्लाका १८ पालिकामध्ये सबैभन्दा पहिले होल्डिङ सेन्टर र ३० बेडको आइसोलेसन सञ्चालनमा ल्यायो । अक्सिजनसहित ३० बेडको आइसोलेसनमा संक्रमित छैन्न जंगलको मुखमा प्रतिक्षारत छ । यता दिनहु संक्रमित मानिसको मृत्यु बढदो छ ।
होल्डिङ सेन्टमा पनि केहि छन तर अन्य देश बाट आएका मानिस खुल्लेआमा हिडुल गरिरहेका छन । होल्डिङ सेन्टर बनाएर मात्र भएन संक्रमणको संकाको घेरामा रहेका नगर अन्य ठाउँबाट ल्याउने र बसाउने ब्यवस्थामा नगरपालिका चुकेको देखीन्छ ।
तामझामका साथ फोटो सेसन गनदै आइसोलेसन र होल्डिङ सेन्टरको फोटो देखाएर भएन कार्यन्वयन गर्न पनि सक्नु पर्थाे । कागजमा राम्रो ब्यवहार देखियो ब्यवहारमा चै खासै उपलब्धि देखिएको छैन ।
गत हप्ता शुक्रबार सप्तरीकाप्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवसहितको टिमलाई होल्डिङ सेन्टर र आइसोलेसन सेन्टरको निरीक्षण गराएर वा वाही लुटुनु वाहेका को कुनै परिणम मुखी कार्य देखीएन ।
नगरपालिका सूचनामा सुचना जारी गर्दे छ ,जिल्लाको पनि अनिश्चत निषेध आज्ञा जारी छ । सूचना र निषेध आज्ञाको पालना भएको छैन सोको अनुगमन र निरक्षण समेत हुदैन । सूचना जारी गरेर नगरपालिका रमिते बनेको छ । वडा वडामा विवहा ब्रतवन्ध, पुजा पाठ, लगायतका कार्यहरु भैरहेका छन मानिको जमघट भै नै रहेको छ । यो रोक थाम कसले गर्ने ? सूचना जारी गर्देमा कर्तब्य पुरा हुने होर ?
यता बजारमा साना साना ब्यपारी जो दिनमा चार , पाँच सय बेच्च छन त्यस्तालाई कावाही गर्छ । बजार दैनक रुपमा आधा ढोका खोले बसेका छन । ठुला ब्यापरी संग जाने आट न प्रहरीको छ न प्रशान न नगरपलिाकाको , अनि कसरी नियत्रण हुन्छ ?
बजारमा कृत्रिम अभाव देखीएको छ भएका समाहरु १५ देखी ४० प्रतिसत सम्म मुल्ल्य बढाएर बेचिरहेका छन ब्यापारीहरुले । त्यको लेखा जोखा तथा नियत्रण कसले गर्ने ?