Logo

आज अक्षय तृतीया र परशुराम जयन्ती

Kanchan 24 ३१ बैशाख २०७८, शुक्रबार १०:४५ मा प्रकाशित

कञ्चनरुप ।
आज वैशाख शुक्ल तृतीया जसलाई अक्षय तृतीयाका नामले पनि मनाईने गरिन्छ ।
यस दिनलाई अक्षय तृतीयामात्र नभएर परशुराम जयन्तीकारुपमा पनि हिन्दुहरुले मनाउने परम्परा रहि आएको छ ।
अक्षय तृतीयाकै दिन जन्मिएका परशुराम ऋषिको जन्मजयन्ती पनि आजै मनाइन्छ । अष्टचिरञ्जीवी मध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।
परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रुपमा जन्मिएका हुन् । ऋषि जमदग्नि र रेणुकाका पुत्र परशुरामले पिता जमदग्निको आदेशमा माता रेणुकाको हत्या गरेको समेत ती ग्रन्थमा व्याख्या गरिएको छ ।
पिता जमदग्निले परशुरामलाई वर माग भनेपछि मातालाई जीवित गरी मारेको कुरा अरुले थाहा नपाऊन् भनी मागेको उल्लेख गरिएको छ ।अष्टचिरञ्जीवीमध्येका एक परशुरामले पिता जमदग्निको हत्या भएपछि २१ पटक ब्रह्माण्ड घुमी विश्वभरका क्षेत्रीको हत्या गरेका थिए ।
परशुराम कुनै समाज विशेषको आदर्श नभएर सम्पूर्ण हिन्दू समाजका आदर्श एवं चिरञ्जीवी हुन् । उनी रामका समयमा पनि थिए भने कृष्णका समयमा पनि थिए । भगवान् कृष्णलाई सुदर्शन चक्र उनैले दिएका थिए ।
यता वसन्त क्रतुको उष्णतामा शरीरलाई स्वस्थ राख्नको लागि प्राचीन कालदेखि खाने गरिएको जौको सातु र सर्वत पानी दान गरी यो पर्व मनाइँदैछ ्र यो शरीरको स्वास्थ्यको लागि उपयोगी रहेकोले आफू सर्वत र जौको सातु खाने पर्वकोरुपमा हरेक वर्ष यो पर्व मनाउने गरिन्छ । यस दिन विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।

 


ताजा समाचार
ट्रेंडिंग समाचार